संसदको गतिरोधलाई लिएर राष्ट्रपतिको चिन्ता, प्रधानमन्त्रीले भने–समाधानको प्रयास गर्दैछु


११ जेष्ठ २०८१, शुक्रबार
prachanda ramchandra
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) बिहानै शितल निवास पुगेका छन् । आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगातय समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन् ।

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र दाहालबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको बारे छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले गरिरहेको छ । समिति गठनको सहमति भए पनि त्यसको कार्यादेशका विषयमा सहमति जुट्न सकेको छैन । सरकार आफ्नो माग सुनुवाइ गर्न तयार नभएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भनाई छ । सरकार आफूहरुको माग सुनुवाइ गर्न तयार नभएसम्म सदनको कारवाही अगाडि बढाउन नदिने कांग्रेसको अडान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७