ट्रम्पको राष्ट्रपतिको अभियान अदालतको आदेशमा निर्भर


११ जेष्ठ २०८१, शुक्रबार
trump.jpg

काठमाडौँ । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच छ । यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ ।

यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ । ट्रम्पले २०१६ को चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप राख्न ठूलो रकम तिरेका थिए । यो लुकाउन उनले व्यापारिक अभिलेख नक्कली राखेका थिए । पछिला दिनहरुमा ट्रम्प चुनावी प्रचार भन्दा पनि अदालतमा बढी रहेका छन् । यस्तो अवस्थामा अदालतको निर्णयले ट्रम्पलाई कस्तो असर पार्न सक्छ भन्ने जान्न जरुरी छ ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्‍यो भने उनको राष्ट्रपतीय क्याम्पेनलाई असर पर्ने देखिएको छ । गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार चारमध्ये एक जना रिपब्लिकनले ट्रम्प दोषी पाइएमा उनलाई भोट नगर्ने बताएका छन् । उही समयमा, ६० प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्प दोषी ठहरिए भने, उनीहरूले उनलाई कुनै पनि हालतमा मतदान गर्ने छैनन् । रिपब्लिकन कन्सल्टेन्ट ट्रिसिया म्याकलाफ्लिनले दोषी फैसलाले ट्रम्पलाई मनोवैज्ञानिक असर पार्ने बताएकी छन् ।

यदि अदालतले ट्रम्पलाई रिहा गरेमा ट्रम्पको लागि ठूलो जीत हुनेछ । किनभने ट्रम्पले सधैं यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्छन् । यसको एउटै उद्देश्य आफूलाई राष्ट्रपति पदमा दाबी गर्नबाट रोक्नु भएको उनले बताउदै आएका छन् । कानुनी विज्ञहरू भन्छन्, ट्रम्पको मुद्दा हेरिरहेका १२ न्यायाधीशहरूले सर्वसम्मत फैसलामा नपुगेको खण्डमा नतिजा के आउछ भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७