संसद अघि कांग्रेस कार्यालयमा विपक्षी दलको बैठक जारी


११ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं । संसद शुरु हुने अघि नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक जारी छ । अहिले बिहान ११ बजेकै लागि प्रतिनिधि सभाको बैठक बस्ने तालिका थियो ।

यही बेला प्रमुख प्रतिपक्षी कांग्रेले विपक्षी दलहरूको बैठक राखेको हो । कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरिरहेको हो ।

सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशमा कुरा मिल्न नसक्दा कांग्रेसले संसद्मा अवरोध जारी राखेको छ । आज संसदमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । तर अहिलेसम्म ११ बजे नै शुरु हुने भनिएको प्रतिनिधि सभा बैठक बसेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७