टीओआरमा फेरि पनि जुटेन कार्यदलमा सहमति


११ जेष्ठ २०८१, शुक्रबार
karya dal

काठमाडौं । सहकारीको रकम ठगी छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक आज (शुक्रबार) पनि निष्कर्षविहीन भएको छ ।

कानुन मन्त्रालयमा विहानैदेखि बसेको कार्यदलको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । आज कांग्रेस थप लचक भएर आएको जानकारी दिंदै उनले भने, ‘उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनु भएको छ । त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ ।’

‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ’, बर्तौलाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७