काठमाडौंमा सहकारीपीडितको प्रदर्शन, आजैदेखि रिले अनशन


११ जेष्ठ २०८१, शुक्रबार
sahakari 1

काठमाडौं । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आज (शुक्रबार) देखि काठमाडौंमा प्रदर्शन थालेका छन् । काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु भएको हो ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताएका छन् । ‘बचतकर्ताको पैसा फिर्ता गर’, ’बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ’, ‘सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर’ लगायत नारासहित उनीहरू धर्नामा उत्रिएका छन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकले जानकारी दिएको छ । माइतीघर मण्डलाबाट शुरु पीडितहरूको आन्दोलनले र्‍यालीपछि कोणसभा गरेर रिले अनशन शुरु गरिने अध्यक्ष केसीले बताए । उनले भने, ‘सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगञ्ज, चितवन, धरान, पोखरा, बुटवललगायत जिल्लामा पनि आन्दोलन एकैपटक निरन्तर चलिरहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७