विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


१२ जेष्ठ २०८१, शनिबार
dollor

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा थियो ।

त्यस्तै आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा थियो । आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा थियो । त्यसै गरी आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २७ पैसा थियो ।
हेर्नुस् आजको विनिमय दर

Screenshot 2024 05 25 050111 ZMDqKAPofD

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७