राजस्थानलाई हराउँदै हैदराबाद आइपीएलको फाइनलमा


१२ जेष्ठ २०८१, शनिबार
haidarabad1716597335

काठमाडौँ । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै हैदराबाद फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७