अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट


१२ जेष्ठ २०८१, शनिबार
Oli Callamard

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा. अग्नेज कल्लामार्डले भेटवार्ता गरेकी छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार भएको भेटमा मानवअधिकार, संक्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताएका थिए ।

साथै उनले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिए ।

भेटमा महासचिव डा. कल्लामार्डले नेपालमा संक्रमणकालीन न्याय टुंगो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैंगिक विभेद जस्ता विषयमा जिज्ञासा राखेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७