जाभीको बर्खास्तीपछि हान्सी फ्लिक बार्सिलोनाको प्रशिक्षक बन्दै


१२ जेष्ठ २०८१, शनिबार
hansiflink2024 05 25 07 05 34

काठमाडौँ । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाउने भएको छ । बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो । ५९ बर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन २०२६ सम्मको लागि सम्झौता गर्ने निश्चित भएको छ ।

फ्लिक यसअघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खाली रहेका थिए । यसअघि शुक्रबार नै बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७