लागुपदार्थ सेवन गरेका युवाले गरे चक्कु प्रहार गरी छिमेकीको हत्या


१२ जेष्ठ २०८१, शनिबार
latest News nayapage1 scaled

पर्सा । लागुपदार्थ सेवन गरेका युवाले पर्सामा चक्कु प्रहार गरी आफ्नै छिमेकीको हत्या गरेका छन् । सखुवा प्रसौनी गाँउपालिका–४ ओझैया प्रसौनी टोलका ५० वर्षीय ललाई हजरा दुसादलाई सुभाष हजारा दुसादले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

लागु पदार्थ सेवन गरेर नसामा रहेका दुसादले शुक्रबार साँझ निहुँ खोजेर छिमेकी ललाईमाथि चक्कु प्रहार गरेका थिए । ललाईको मुख, घाँटी र छातीमा सुभाषाले अन्धाधुन्द चक्कु प्रहार गरेर घाइते बनाएको र घाइते ललाईलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललाईको चक्कु प्रहार गरी हत्या गरिएपछि गाउँमा तनाव सिर्जना भएको थियो । त्यसपछि प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने सुभासलाई नियन्त्रणमा लिएपछि स्थिति नियन्त्रणमा आएको थियो । पक्राउ गरिएका सुभाषलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७