कैलाश सिरोहिया अस्वस्थ, काव्या अस्पताल भर्ना


१२ जेष्ठ २०८१, शनिबार
kailash kavya

जनकपुर । नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररतमा रहेको जानकारी दिए ।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ रहेको बताइएको छ । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको बताइएको छ । सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधायुक्त मानिन्छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको स्रोत बताउँछन् ।

उनले भने, ‘उच्च रक्तचापको समस्या देखिएपछि हामीले राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगियो ।’ स्वास्थ्यमा सुधार भएपछि पुनः हिरासतमा लिइने उनको भनाई छ । धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो । सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७