हेटौंडामा बसले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु


१२ जेष्ठ २०८१, शनिबार
accident 2

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ थना भर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार शव हेटौंडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७