देउवा सरकारले एआइजी बनाएका पाँच जनाको जागिर उड्यो, को–को परे ?


२१ असार २०७५, बिहीबार

काठमाडौं, २१ असार । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको जागिर ओली सरकार आएपछि उडेको छ । अब उनीहरुले डीआइजीकै तहमा जागिरबाट हात धुनुपर्ने भएको छ ।Armed Police Force 1

बुधबार साँझको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै सशस्त्रका ५ एआइजीको जागिर जाने निश्चित भएको हो । यसरी जागिर जाने सशस्त्रका पाँच एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् । उनीहरुलाई गएाके माघ ७ गते तत्कालीन गृह सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एक साथ बढुवा गरेको थियो ।

सशस्त्र प्रहरी हेडक्वार्टरले भने उनीहरु नियमित प्रक्रिया अन्तर्गत बढुवा भएको बताएको छ । यता केही दिनअघि गृह सचिव प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी कदमका बारेमा जानकारी गराएको समाचार स्रोतले जनाएको छ । सचिव राईले पाँच एआएजीहरुले राजीनामा दिने भए विशिष्ट श्रेणीले पाउने सुविधा प्राप्त गर्ने भन्दै अन्यथा सरकारले निर्णय बदर गरेको खण्डमा डीआइजीकै हैसियतमा विदा लिनुपर्ने चेतावनी एआइजीहरुलाई दिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७