लर्डस त्रिकोणात्मक श्रृखंला : नेपाललाई एमसीसीद्धारा ४१ रनको चुनौती


१३ श्रावण २०७५, आईतवार
cricket nepal

काठमाडौं, १३ साउन (एजेन्सी) । क्रिकेटको घर भनेर चिनिने लर्डसमा नेपाली क्रिकेट टिमले त्रिकोणात्मक टी–२० श्रृखंला खेलिरहेको छ । लर्डसमा जारी श्रृखंलामा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालसामु ४१ रनको चुनौती प्रस्तुत गरेको छ । cricket nepal

टस जितेर बलिङ गरेको नेपाललाई एमसीसीले दिएको ६ ओभरमा ४१ रन लक्ष्य दिएको हो । वर्षाका कारण खेल ६ ओभरमा छोट्टाइएको हो ।
एमसीसीका लागि उसका कप्तान महेला जयवर्दनेले २४ रन जोडे । उनले १६ बलमा ४ चौका प्रहार गरेका थिए । भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए । २ ओभर बलिङ गरेका सोमपालले ८, एक ओभर बलिङ गरेका शक्तिले ६ रन खर्चेका थिए ।

ब्याटिङ गरिरहेकाे नेपाल विना विकेट २ अाेभरमा १६ रन बनाएकाे छ ।

यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्सले एमसीसीलाई १० रनले पराजित गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७