२०१५ सालदेखिका चुनावी घोषणापत्रको समीक्षा गर्दै कांग्रेस


२९ श्रावण २०७५, मंगलवार
congressmeeting

काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि निर्वाचनमा व्यक्त गरिएका चुनावी घोषणापत्रको प्रतिबद्धताका विषयमा समीक्षा गर्ने भएको छ ।

उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तल्लो तहसम्म लैजान तयारी गरेको नीति र प्रशिक्षणको कार्यक्रममा ०१५ सालको निर्वाचनदेखि अहिलेसम्म गरिएको चुनावी घोषणापत्रलाई समीक्षा गर्ने तयारी गरेको अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

०१५ सालयता भएका आमनिर्वाचनदेखि स्थानीय निर्वाचनमा प्रस्तुत भएका घोषणापत्रको समीक्षा गर्ने तयारी कांग्रेसको छ ।

 विगतमा गरिएका प्रतिबद्धता कति पूरा गरियो, वर्तमानमा कति काम गर्न सकियो भन्ने विषयमा समीक्षा गर्दै अब दीर्घकालीन रूपमा पार्टीले लिने नीतिलाई समयअनुकूल र थप व्यवस्थित गर्न लागेको जानकारी प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७