कांग्रेसको नजरमा यी हुन् सरकारका सात गल्ती (सूचीसहित)


३ भाद्र २०७५, आईतवार

काठमाडौं, ३ भदौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ६ महिनाको यात्रा पूरा गरेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ६ महिनाको कामको समीक्षा गरेको छ ।

Biswa Prakash Sharma
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले सरकार गठन भएदेखि अहिलेसम्म ओली सरकारले सात गल्ती गरेको ठहर गरेको छ । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मुल्यवृद्धि, समृद्धि यात्रा र न्यायालयमा सरकार चुकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनका क्रममा बताएका छन् । न्यायालयमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको ठहर गर्दै कार्यपालिका र व्यवस्थापिकाको लाचार छाँया बनाउने षड्यन्त्र भएको कांग्रेसको ठहर छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘हामीले राजीनामा मागेका छैनौं । साउन १५ गतेको प्रदर्शनले पनि सरकारले प्रतिपक्षीको शक्ति देखेको छ । तर पनि प्रधानमन्त्रीको विकल्प खोजेको छैन । यो सरकारको सफलताको कामना गर्छौं ।’ उनले सरकारले नविन ढङ्गको काम गर्न नसकेको आरोप लगाए ।
यी हुन् कांग्रेसले देखाएका सरकारका सात गल्ती

Capture

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७