आइएमई पे आइपिएस प्रणालीमा आवद्ध


८ कार्तिक २०७५, बिहीबार
ime pay

काठमाडौं, कात्तिक ८ । नेपाल क्लियरिङ्ग हाउस र आइएमई डिजिटल सलुसनबीच आइपिएस प्रणालीमा जानेगरी सम्झौता भएको छ।

ime pay

सम्झौतासंगै आइएमई पे अब अप्रत्येक्ष रुपमा क्लियरिङ हाउसको सदस्य भई इपेमेन्ट सिस्टममा सहभागी भएको छ।

सम्झौता पत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डि. श्रेष्ठले हस्ताक्षर गरे।

यो सम्झौतासँगै आइपिएस इपेमेन्ट प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकले आफ्नो बैंक खाताबाट सिधै आइएमई पे मोबाइल वालेटमा रकम लोड गर्न सक्ने गर्न सक्नेछन्।

ग्राहककले आइएमई पे मोबाइल वालेटबाट अथवा आइपिएस इपेमेन्ट प्रणालीबाट सिधै फण्ड लोड गर्न सक्नेछन्। मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रँन्स˚र गर्ने सुविधँ समेत उपलब्ध हुनेछ।

आइपिएस इपेमेन्ट प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेका छन्। ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ। क्लियरिङ हाउसको आइपिएलमा हाल ७५ बैंक वित्तीय संस्थाका ४२०० बढी शाखाहरु आवद्ध छन्।

आइएमई ग्रुपबाट प्रबर्धित आइएमई डिजिटल सलुसन नेपालको पहिलो स्वीकृत प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो। उक्त सेवा प्रदायक कम्पनीको मोबाइल वालेटबाट सेवाग्राही आफैले अथवा देशभरका १५००० भन्दा बढी एजेन्टहरूको सहयोग लिएर मर्चेन्ट भुक्तानी, बील भुक्तानी, फण्ड ट्रान्सफर र जस्ता सेवा लिंदै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७