सिटीसी मोबाइल हबमा सुरु भयो,मोबाइलमा ६० प्रतिशतसम्म छुट


८ कार्तिक २०७५, बिहीबार

काठमाडौं, ८ कात्तिक । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ ।

मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने र नजिकिदै गरेको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ । कार्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले दशै तिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन ।

त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्नेछन् । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल निशुल्क बितरण गरिनेछ ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् ।

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा सस्तो मूल्यमा किन्न सकिन्छ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेण्टर सिटीसी मलमा छन् ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७