अमिताभले तिरिदिए किसानको ऋण


५ मंसिर २०७५, बुधबार
aamitab


काठमाडौं, ५ मंसिर । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् ।

aamitab

अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो । उनले बैंकको ऋणमा डुबेका ती किसानको सम्पूर्ण ऋण चुक्ता गरिदिएका हुन् । भारतमा ऋणकै कारण बर्से्नि सयौं किसानले आत्महत्या गर्दै आएका छन् ।

अमिताभले बैंकमा ती किसानले चुक्ता गर्न बाँकी चार करोड भारतीय रुपैयाँभन्दा बढी रकम तिरिदिएका हुन् । उनले ती किसानलाई बैंकले उपलब्ध गराउने ऋणचुक्ता सम्बन्धी दस्तावेज आफ्नै हातबाट सुम्पने तयारी गरेका छन् ।

अत्यन्त व्यस्त रहेका अमिताभले तत्काल उत्तर प्रदेश जान आफू असमर्थ रहेको र एक हजार तीन सय ९८ किसानलाई नै मुम्बई बोलाउन पनि सम्भव नभएका कारण ती किसानमध्येबाट ७० जनालाई मुम्बई बोलाएर बैंकको दस्तावेज हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

मुम्बई आउनका लागि ७० जना किसानलाई रेलको एउटा डिब्बासमेत उनले रिजर्भ गरिदिएका छन् । २६ नोभेम्बरमा उनीहरु मुम्बई जाने र अमिताभको हातबाट ऋण चुक्ताको दस्तावेज लिने जनाइएको छ । यसअघि अमिताभले महाराष्ट्रका तीन सय ५० किसानको बैंक ऋण पनि चुक्ता गरिदिएका थिए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७