पोलिमर नोट छपाईमा भएको भ्रष्टाचारबिरुद्ध पूर्व गभर्नर तिलक रावल र हिमालयबहादुर पाण्डेविरुद्ध मुद्दा दायर


५ पुष २०७५, बिहीबार
ciaa

काठमाडौं, ५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ciaa


नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा रु. १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्ट हिमालबहादुरमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको हो ।

डा. तिलक रावल
पूर्व गभर्नर डा. तिलक रावल

अख्तियारले गुणस्तरहीन नोट छपाई भएको भन्ने समेतको उजुरीउपर अनुसन्धान गर्दा बोलपत्रपूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने गरेकाे पाइएकाे छ ।

यस्तै जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ ।


बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रतिहजार अष्टेलियन डलर ६८ बाट अष्ट्रेलियन डलर ४६८ बाट अष्ट्रेलियन डलर ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराउने गरेकाे पाइएकाे छ ।

उक्त काम गरे वापत आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टी हुन आएको हुँदा उक्त कसुरमा संलग्न तत्कालीन गभर्नर तिलक रावल, राष्ट्रबैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र एजेन्ट हिमालयबहादुर पाडेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७