शेयर बजार खस्कियो


९ पुष २०७५, सोमबार
share market bearish

काठमाडौं, ९ पुस । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घटेको छ ।

share market bearish
फाइल तस्बिर

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार १९१ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव सात बिन्दुले घटेर २५३ दशमलव ६८ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता ७९ करोड ८७ लाख १८ हजार ५३ मूल्यमा खरीद बिक्री भएको छ । कारोबार भएका कूल ११ उपसमूहमध्ये सोमबार चार उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ ।

वित्त पाँच, उत्पादन दुई दशमलव ७९, अन्य तीन दशमलव शुन्य चार र जीवन बीमा ६८ दशमलव २८ बिन्दुले बढेका छन् । यस्तै बैंकिङ १० दशमलव ३२, व्यापार ११ दशमलव ४०, होटल ३२ दशमलव ६६, विकास बैंक १७ दशमलव पाँच, निर्जीवन बीमा २० दशमलव ४७ र लघुवित्त पाँच दशमलव ८९ बिन्दुले घटेका छन् ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७