वलिउडका हिट मेशिन सलमान ५३ वर्षमा, बर्थडेमा क–कसले दिए शुभकामना ?
काठमाडौं, १२ पुस । बलिउड फिल्मी जगतमा ‘हिट मेशिन’ को संज्ञा पाएका सुपरस्टार सलमान खान ५३ औं वर्षमा प्रवेश गरेका छन् ।
सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राति आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत आयोजना गरेका छन् । सलमानको वर्थडे पार्टीमा कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हालगायत पुगेका थिए ।
सलमानले आफ्नो जन्मदिनको अवसरमा डान्स समेत गरेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । विवादस्पद छवि, हिट चलचित्र, प्रेम सम्बन्ध, शरीरका कारण सलमानको चर्चा हुने गर्दछ । साथमा, सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ ।