गगनको मत अग्रता फराकिलो हुँदै, यस्तो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
gagan thapa vs rajan bhatarai

काठमाडौं: निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।gagan thapa vs rajan bhatarai

 

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले १५ हजार ९ सय १८ मत प्राप्त गरि अगाडी बढेका छन्।

थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १४ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो।

विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन् महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ र ८ को मतगणना सकिएको छ। अब  ३० र १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ। काठमाडौं ४ को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७