सुख्खा पहिरोपछि रसुवागढी सुरुङ मार्गमा १७ मजदुर थुनिए


५ असार २०७६, बिहीबार
Rasuwa gadi रसुवागढी सुरुङ
तस्बिर : फाइल तस्बिर

काठमाडौं, ५ असार :  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा १७ जना मजदुर भित्रै थुनिएका छन् ।

विहिबार गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका हुन् ।

रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत् सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएको शसस्त्र प्रहरी बल रसुवागढी गुल्मका प्रमुख डिएसपी जीवन केसीले जानकारी दिए ।

गुल्म प्रमुख केसीका अनुसार सुरुङ्गभित्र थुनिएका मजदुरहरु सुरक्षित छन् । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ डिएसपी केसीले नयाँ पेजसँग भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । हामी बिहानै उद्दारमा जुट्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७