पावर शेयरिङ्गको कुरा बाँकी छ : प्रचण्ड


१८ पुष २०७४, मंगलवार
Prachanda

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको एकता आश्चर्यजनक रुपमा हुने बताएका छन् ।Prachanda
अब तत्काल पार्टी एकता संयोजन समितिको वैठकले पार्टी एकता प्रक्रियालाई गति दिने उनले बताएका छन् ।

मंगलबार आफ्नै निवास खुमलटारमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराएका छन् । ‘नेतृत्वमा छलफल छ । मेन लिडरसिपको पावर शेयरिङ कसरी गर्ने भन्ने टुंगिएको छ’–नेता मणि थापाले भने–‘चुनावी घोषणापत्रका आधारमा बैचारिक राजनीतिक कुरा टुङ्गो लगाउन सकिन्छ भन्ने छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्री प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको र एकताको आश्चर्यजनक नतिजा पाउने बताएकी छन् । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको अन्तरघातबारे छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् । यस्तै पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल पनि बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७