ईपीएल : म्यानचेस्टर युनाइटेड र चेल्सीको खेल गोलरहित बराबरी


९ कार्तिक २०७७, आईतवार
manchester united and chelsea BZ4NZbuo8e

काठमाडौं, ९ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । ओल्ड ट्राफोर्डमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अङ्क बाँड्नु परेको हो ।

बराबरीसँगै युनाइटेडले ५ खेलमा ७ अङ्क जोडेको छ । युनाइटेड तालिकाको ११ औं स्थानमा रहेको छ । त्यस्तै चेल्सीले ६ खेलमा ९ अङ्क जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिड्स युनाइटेडले एस्टन भिलालाई तीन–शून्यले हराएको छ । वेस्ट ह्याम र म्यानचेस्टर सिटीले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७