कहाँ–कहाँ छ आज बाढीको जोखिम ?


११ भाद्र २०७८, शुक्रबार
badhi 1

काठमाडौं, ११ भदौं । देशभर फेरि मनसुन सक्रिय भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरो गएका छन् । देशभर सक्रिय मनसुनका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सडकहरु अवरुद्ध बनेका छन् भने विभिन्न जिल्लामा बस्तीहरु डुबानमा परेका छन् । अझै केहि दिन मनसुन सक्रिय नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ । मझौला नदीहरू सबैमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वाग्मती, तिनाउलगायतमा बहाव खतरा तह आसपास पुग्ने पूर्वानुमान छ ।

कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ । कोशी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, गोरखा, लमजुङ, तनहुँका नदी खोलामा बाढीको जोखिम रहेको जनाइएको छ ।

यस्तै कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, सुर्खेत, सल्यान, दैलेख, कालीकोट, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

240836388 4583904861654471 8164687106242457220 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७