जंगली हात्तीको आक्रमणमा एकको मृत्यु
चितवन, २१ कात्तिक । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ का सागर लामा रहेका छन् भने सोही स्थानका कृष्ण लामा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ८ बजेको समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ति गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको समयमा जंगली हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट कृष्ण लामा सामान्य घाइते र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए । सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ खयरघारीस्थित लोथर खोलाको पारी पट्टि मृत अबस्थामा फेला परेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।