एकीकृत समाजवादीमा गएकी उपमेयर काफ्ले एमालेमै फर्किन्


१० माघ २०७८, सोमबार
haripur upamayar

काठमाडौँ : असन्तुष्टि जनाएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गएकी एकजना उपमेयर एमालेमै फर्किएकी छन्। सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले समाजवादीमा गएको केही महिनामै एमालेमा फर्किएकी हुन्।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्लेले पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्। समाजवमादी छाडेर एमालेमा फर्किएकी काफ्लेलाई महासचिव पोखरेल स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य बद्री मैनालीसहितले स्वागत गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७