प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता


१८ चैत्र २०७८, शुक्रबार
PM Deuba Meets Indian Foreign Minister S jayashankar

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उनीहरूबीच केहीबेरअघि नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको आईटीसीमा भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग पनि भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) को केन्द्रीय कार्यालय पनि पुगेका छन् । त्यहाँ प्रधानमन्त्री देउवाले बीजेपी अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेका छन् ।

भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ ।

प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणको तेस्रो दिन आइतवार प्रधानमन्त्रीसहितको टोली बिहानै बनारस जानेछ । देउवा नेतृत्वको टोली आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७