पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई ४७ मतान्तरले हराउँदै एमालेका नेम्वाङ निर्वाचित
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । गठबन्धन आवद्ध नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।
नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र मात्र रहेको छ । जिल्लाको प्रदेश सभा (क) सत्ता गठबन्धनका कमलकुमार जवेगर र (ख) पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित भएका छन् ।