विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा. कोइराला


१२ माघ २०७९, बिहीबार
shekhar1639469324
फाइल फोटो

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको बताए ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसले उम्मेदवारी दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए । उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७