एमाले कास्कीकाे अध्यक्षमा क्षेत्री निर्वाचित
पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिव समेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए ।
बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए । जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समूहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समूहले प्यानल नै बनाएर चुनाव लडेको थियो । एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।