यी हुन् तनहुँका मनोनयन दर्ता गरेका उम्मेदवार


१७ कार्तिक २०७४, शुक्रबार
ram chandra paudel

दमौली (तनहुँ) : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

ram chandra paudel

बाजागाजासहित उनी उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । राष्ट्रिय समृद्धि र राजनीतिक स्थिरता कायम गर्न आपूmले उम्मेदवारी दिएको पौडेलले बताए ।

यसैबीच कांग्रेसबाट तनहुँ–१, प्रदेश क मा गोविन्द भट्टराई र प्रदेश ख मा रघुनाथ पौडेल तथा तनहुँ–२ मा प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा प्रदेश क मा केन्द्रीय सदस्य प्रदीप पौडेल र प्रदेश ख मा ध्रुव वाग्लेले मनोनयनपत्र दर्ता गराएका छन् ।

त्यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनतर्फबाट प्रतिनिधिसभाका लागि तनहुँ – १ मा कृष्णकुमार श्रेष्ठ र प्रदेश क मा रामबहादुर गुरुङ तथा प्रदेश ख मा हरिबहादुर चुमानले मनोनयनपत्र दर्ता गराए ।

तनहुँ – २ मा गठबन्धनबाट प्रतिनिधिसभाका लागि केदार सिग्देल तथा प्रदेश क मा आशा कोइराला र प्रदेश ख मा किरण गुरुङले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै एमाले नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक फोरमलगायत राजनीतिक पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

 यस्तै  कांग्रेसका नेता गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा तनहुँ – १ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेस बिपीको आदर्श र सिद्धान्तविपरीत हिँडेकाले’ आपूmले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७