सञ्जय दत्तका कारण मैले बिहे गरिनँ : सलमान खान


१८ पुष २०७५, बुधबार
salman

काठमाडौं, १८ पुस । बलिउड स्टार सलमान खान अहिलेसम्म अविवाहित छन् । उनले अहिलेसम्म विवाह नगर्नुको कारणबारे सञ्चारमाध्यमहरुले प्रश्नहरु गरिरहेका छन् ।

salman

विभिन्न उत्तर दिएर पत्रकारहरुलाई पन्छाउँदै आएका सलमानले एक कार्यक्रममा अर्का सुपरस्टार सञ्जय दत्तका कारण आफू अहिलेसम्म अविवाहित रहेको बताएका छन् । ५३ वर्षको उमेरमा पनि अझैं अविवाहित रहेका सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण हुन नसकेको खुलासा गरेका छन् ।

उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन् । कपिल शर्मा एकपटक पुनः आफ्नो कमेडी शो लिएर प्रशंसकबीच उपस्थित भइसकेका छन् । यही कार्यक्रमको एउटा क्लिप सार्वजनिक भइरहेको छ जसमा सलमान खानले संजय दत्तका कारण आफ्नो अहिलेसम्म विवाह हुन नसकेको बताइरहेका छन् ।

उक्त कार्यक्रममा सलमानले कपिललाई एउटा किस्सा सुनाइरहेको देखिन्छन् । उनले भनेका छन्, ‘एक पटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेण्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्राे छ ।’

सलमानको यो कुरामा कपिल र त्यहाँ उपस्थित सबै दर्शक मज्जाले हाँस्न थाले । कपिल शर्माको शो सोनी टेलिभिजनमा शुरु भइसकेको छ जुन शनिबार–आइतबार राति साढे ९ बजे हेर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७