वचन पुरा नगर्दा मन्त्री विश्वकर्माले ‘झापाली’को गमला खाए


१३ मंसिर २०७४, बुधबार
min bahadur bishwakarma मिनबहादुर विश्वकर्मा

काठमाडौं: नेपाली काँग्रेसका नेता एवम् वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माले वचनअनुसार चुनावी खर्च नदिँदा आफ्नै पार्टीका नेताले गमला प्रहार गरेका छन् । मन्त्री विश्वकर्मालाई आफ्नै पार्टीका नेता एवम् सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभाका (क)का उम्मेदवार किशोर राई ‘झापाली’ले गमला प्रहार गरेका हुन् । राईले विश्वकर्मालाई उनकै घरमा गमला प्रहार गरेको हो ।

min bahadur bishwakarma मिनबहादुर विश्वकर्मा
फाइल तस्बिर

गमला पहार गरे पनि मन्त्री विश्वकर्मालाई चोट भने नलागेको स्रोत बताउँ छन् । राई धरान १५ स्थित विश्वकर्माकै घरमा भेट गर्न पुगेका थिए । रार्इले भनेवमोजिम चुनाव खर्च नपाएपछि मन्त्री विश्वकर्मामाथि रिस पोखेका थिए । उनले त्यसक्रममा मन्त्री विश्वकर्मालाई अपाच्य गालीगलौज समेत गरेको स्रोत बताउँ छन् ।
उम्मेदवार राईले गमला प्रहार गरेको स्वीकार नगरे पनि मन्त्री विश्वकर्माको घरको ढोकामा लात्ती प्रहार गरेको भने स्वीकार गरे । उक्त घट्नाई ढाकछोप गर्न अनेक कोसिस गरे पनि नसकेको काँग्रेस कार्यकता बताउँछन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता अघि मन्त्री विश्वकर्माले राई २५, ३० लाख सहयोग गर्ने वचन दिएका थिए । सोही वचनअनुसार उम्मेदवार बनेका राईलाई विश्वकर्माले अहिलेसम्म मात्र ३ लाख दिएको स्रोत बताउँ छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘घटना सामसुम जस्तो छ, तर भित्रभित्रै नेता, कार्यकर्ताहरुमा यो घटना चर्चाको विषय बनेको छ ।’धरानमा काँग्रेसभित्र कुटाकुट वादविवाद हुनु नौलो भने होइन । झन्डै दुई साताअघि चुनावी छलफलको क्रममा नेता उमेश थापालाई हातपात गरेको आरोपमा अर्का युवा नेता सन्दीप श्रेष्ठ थुनामा परेका थिए ।
उम्मेदवार राई र मन्त्री विश्वकर्मा दुवै सभापति देउवा खेमाका हुन् । स्थानीय तहको चुनावमा पनि राईले मेयरको टिकट नपाउँदा पार्टी सभापति देउवासँग नै झगडा गर्न पुगेका थिए । त्यसैबेला उनलाई देउवाले प्रदेशसभाको टिकटको आश्वासन दिएका थिए । सर्त अनुसार नै प्रदेशसभा (ख)बाट सिफारिस भएका राई पछि प्रदेशसभा (क) क्षेत्रमा सरेका थिए भने प्रतिनिधि सभामा सिफारिस बनेका मन्त्री विश्वकर्मा समानुपातिक सुचीमा आफूलाई सुरक्षित राखेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७