महोत्तरी १ मा माओबादी केन्द्रमा प्रबेश गर्नेको लहर


१३ मंसिर २०७४, बुधबार
IMG 2544

महोत्तरी: बर्दिबास निर्वाचनको मिति नजिकिदै जादा महोत्तरीमा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलको अधिकास चुनावी सभामा पार्टी प्रवेश गर्नेहरुको भिड बढिरहेको छ ।IMG 2544

यसैबीच आज पनि विभिन्न पार्टी परित्यागगरि नेकपा माओवादी केन्द्रमा ३० जना प्रवेश गरेका छन । नेपाली काग्रेस र मधेसवादी दलका जिल्ला स्तरका नेता तथा कार्यकर्ता आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

महोत्तरी जिल्ला क्षेत्र नम्बर (१ अन्तर्गतको बर्दिबास नगरपालिका वडा नम्बर (११ को खयरमारा मा आयोजित चुनावी सभा स्थानीय पप्पु कर्ण, सनम लामा, राज लामा, बिजय लामा, बिबेक लामा, पृथ्वीमान श्रेष्ठ, खिमबहादुर सुनुवार , भक्तबहादुर श्रेष्ठ, खुबमाया श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, सुरेश श्रेष्ठ,राजेश श्रेष्ठ, बाबुलाल श्रेष्ठ,सुर्यनारायण श्रेष्ठ, इन्दिरामाया श्रेष्ठ, तारा सुनुवार, शम्भु श्रेष्ठ, तलकबहादुर श्रेष्ठ, कुमारराज कटुवाल र खिमबहादुर थापा सहित ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरूलाई बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला क्षेत्र नम्बर (१ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरे ।

सभालाई सम्बोधन गर्दै बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले अन्नको भण्डारको रुपमा पहिचान बनाएको मधेसरतराईमा अहिले भोकमरीको समस्या भएको बताए ।कृषि को भण्डार तहस नहस भएकोमा दुख व्यक्त गर्दै पोखरेलले तराईमा प्रयाप्त श्रोत साधन हुदाहुदै पनि परनिर्भर हुने बानी परेकाले यस्तो दिन आएको स्मरण गरे ।

अब स्वदेशमा नै रोजगारको व्यवस्था गरिन्छ पोखरेलले भने स् आफ्नो घर परिवार छाडेर वैदेशिक रोजगारी जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । काग्रेसले देशलाई सधैं यथास्थितिमा राख्यो अब बाम गठबन्धनलाई बिजयि गराउनुस सम्बृद्द राष्ट्र बन्नेछ स् पोखरेलको भनाइ थियो ।पुसमा बामपंथीको स्थायि सरकार बन्ने पक्का भएको प्रष्ट पार्दै पोखरेलले चुनाव पछी स्थानीय सरकार सङ्ग समन्वय गरेर बिकासको लहर ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

चुनावी सभामा महोत्तरी जिल्ला क्षेत्र नम्बर एक का प्रदेश सभा दुईका उम्मेदवार भरत शाह, बर्दिबास नगरपालिका का उपमेयर कृष्णमाया गौतम, नेकपा एमालेका नेता निरनाथ गेलाल लगायतकाले बोलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७