कामना सेवा विकास बैंकको सिइओमा प्रविण बस्नेत नियुक्त


१ फाल्गुन २०७५, बुधबार
Prabin basnet

काठमाडौं, १ फागुन । कामना सेवा विकास बैंक लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा चार्टर्ड एकाउन्टेन्ट प्रविण बस्नेत नियुक्त भएका छन् ।

बैंक २६५औं सञ्चालक समितिको बैँठकको निर्णय अनुसार फागुन ०१ गतेदेखि लागु हुने गरि बैंककोे प्रमुख कार्यकारी अधिकृत (सिइओ) बस्नेतलाई नियुक्त गरिएको हो ।

विगत १८ वर्ष कार्यनुभवमध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभवसहित २०७५ साल भदौ १ गतेदेखि उनी कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।

२०७५ साल मंसिर ८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एनआई सी एशिया बैंक र माछापुच्छे बैंकमा आबद्ध रहेको थियो ।

बस्नेतले बैंकिङ क्षेत्रमा नियन्त्रण सहितको व्यापार तीव्र अभिवृद्घि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नँया उचाईमा पुरायाउने बताए ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवाहरु देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७