वाम सरकारले ५ वर्षमा समृद्ध नेपाल नबनाए राजनीति गर्दिन : रामविर मानन्धर


१७ मंसिर २०७४, आईतवार
Rambir Manandar

काठमाडौं: वाम गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेद्वार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्युनिस्ट एकता आजको ऐतिहाँसिक आवश्यकता रहेको भन्दै उनले निर्वाचन पछि बहुमतको वाम सरकार बन्ने र त्यो सरकारले नै देशको सम्बृद्धिको बाटो खोल्ने बताएका हुन् ।

Rambir Manandar
देशको स्थिर र तीव्र विकासको लागि वाम सरकारको विकल्प नरहेको भन्दै उनले वाम सरकारले गर्न नसकेको विकास अरू कसैले गर्न नसक्ने र वाम सरकारले पनि अबको पाँच वर्ष भित्र सम्बृद्ध नेपालको निर्माण गर्न नसके आफूले सदाका लागि राजनीति नै छोडिदिने समेत घोषणा गरेका छन् ।
निर्वाचनको मिति नजिकीदै गर्दा घरदैलो र विभिन्न मतदाता भेटघाटको कार्यक्रमलाई तीव्रता दिएका उनले घरदैलोको क्रममा मतदाताहरुलाई तीव्र विकास र सम्बृद्धिका लागि ढुक्क भएर वाम गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।
मानन्धरले पहिलेनै भष्ट्राचार गर्नुपरे राजनीतिबाटै सन्यास लिने घोषणा गरिसकेका छन् । राप्रपाका विक्रम थापासँग प्रतिशपर्धामा रहेका उनले यस अघि सांसद हुँदा गरेका सम्पूर्ण कामको विवरण समेत स्वेत पत्र मार्फत प्रकाशित गरेर जनताको घरघरमा पुर्याएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७