यति एयरलाइन्सको उडान थपियो, पोखरा, भरतपुर र भैरहवा जोडिने (भाडादरसहित)


९ श्रावण २०७६, बिहीबार
67291847 2404057209676106 3969972218837860352 n 1

काठमाडौं, ९ साउन । यति एयरले पोखराबाट भैरहवा र भरतपुरका लागि दुई उडान गन्तव्य थप गरेको छ । पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवाभरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको  हो ।

एयरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम– ४१’ विमानमार्फत भैरहवा र भरतपुरका लागि भर्ने भएको हो । आउँदो १६ साउन देखि भैरहवा– पोखरा, १५ भदौदेखि पोखरा भरतपुर र २९ भदौदेखि ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट सुरु गर्ने एयरलाइन्सका प्रवक्ता भिम राइले जानकारी दिए ।

67080926 2404056866342807 4705470494806114304 n

नेपालगञ्जका लागि भने मागअनुसार उडान भर्ने छ । पर्यटकले धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर माउन्टेन फ्लाइट सुरु गरेको उनले बताए । ‘माउन्टेन फ्लाइटमा ३० मिनेटसम्म हिमशृखलाको मज्जा लिन सकिनेछ,’ उनले भने, ‘पर्यटकहरुले धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका सुन्दर हिमशृंखलाका मज्जा लिउन भनेर यो सेवा सुरु गरेका हौं ।’

यस्तै, पोखरा र भरतपुर हवाई नेटवर्कले जोडिएपछि पोखरा आउँने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका विविध गतिविधि नियाल्न पाउँने विश्वास यतिले लिएको छ ।

एयरलाइन्सका मार्केटिङ म्यानेजर सरल राणाले पोखरादेखि भरतपुर र भैरहवा उडान सुरु गरेको ३,४ महिनासम्म कम्पनी घाटामा जाने बताए । घाटा सहेरै भए पनि आफूँहरुले सेवा दिने उनले सुनाए । ‘३, ४ महिना त हामी घाटामै जान्छौं,’ उनले भने, ‘तर, घाटै भए पनि हामीले सेवा दिन चाहि छाड्दैनौ ।’

यतिले पोखरा देखि भैरहवाका लागि अधिकतम ४ हजार ३ सय ५०, भरतपुरको लागि अधिकतम ३ हजार ८ सय भाडा निर्धारण गरेको राणालेले जानकारी दिए । आधा घण्टाको माउण्टेन फ्लाइटका लागि ८ हजार रुपैयाँ खर्चिनु पर्ने छ ।

सन्, १९९८ देखि सञ्चालनमा आएको यतिका अहिले पाँच वटा एटिआर ७५–५०० र पाँच वटा जेटस्ट्रिम ४१ ट्वीन टर्बोे प्रप विमान सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर उडान भर्दै आएको यति नेपालकै ठुलो हवाई सञ्जाल भएको एयरलाइन्स हो ।

यतिको भगिनी सम्बन्ध भएको एयरलाइन्स तारा एयरले पनि ४ वटा ट्वीन अटर र दुई वटा डोर्नियर डिओ २२८ बाट जोमसोम, लुक्ला, सिमीकोट, जुम्ला र रारा लगायतका विकट ठाउँमा पनि उडान भरि रहेको छ । यती एयरलाइन्स सम्भवत दक्षिण एसियाकै पहिलो ‘कार्बन–न्युट्रल एयरलान्स’ भएको कम्पनीले जनाएको छ । आफ्नो उडानबारे कम्पनीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

67622452 483642199089055 258590982935674880 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७