नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण


१६ मंसिर २०७६, सोमबार
team kata karatee nepal1

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ ।

सातोबादो स्थित कराते हलमा सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।

यसअघि कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको थियो । सातदोबाटोस्थित कराँते हल भइरहेको खेलमा निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले स्वर्ण जितेका छन् ।

यो पनि पढ्नुहोस
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण (फाेटाेफिचर)

चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन् रजत पदक

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७