दीपक हमालले दिलाए उसुमा थप स्वर्ण


१८ मंसिर २०७६, बुधबार
deepak gold medalist scaled

काठमाडौं, १८ मंसिर । उसुका दीपक हमालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका छन् । उनले उसुको थाउलो नानछ्वान अलराउन्ड स्वर्ण पदक जितेका हुन् ।

दीपकले १९.३२ स्कोर गर्दे भारतका साजन लामालाई पछि पारे । साजनले १९.१२ स्कोर गरेका थिए ।

यसैगरी बंगलादेशका मोहम्मद आमिर हुसेनले कास्य पदक जितेका छन । उनले १७.१८ स्कोर अंक जोडेका थिए ।

त्यसअघि नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाउँदा झन्डै आधा घन्टा अबरद्ध भएको थियो ।

उसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए ।

पछिल्ल्लो समय साइकिलिङमा ऐतिहासिक दुई स्वर्ण जितेपछि नेपालको स्वर्ण पदक संख्या २७ पुर्याएको छ ।

deepak gold medalist 2 scaled

उसुकाे पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि केही समय खेल स्थगित भएकाे थियाे । नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेपछि खेल अबरुद्ध भयाे । पछि उनीहरुलाई प्रहरी लगाएर हटाइएपछि अब अन्य खेलहरु सन्चालन हुने क्रममा रहेका छन् ।

उक्त स्पष्र्धामा १८.९० अंकका साथ अनुरथाले स्वर्ण पदक जिते । भारतका ज्ञानदास सिंहले रजत र नेपालका हरि प्रसाद गोलले कास्य पदक जिते । ज्ञानदासले १८.७४ र हरिले १८.४९ अंक जोडेका थिए ।

याे पनि पढ्नुहाेस्
उसुमा पनि नेपालको उत्कृष्ट सुरुवात, सुस्मिता तामाङले दिलाइन पहिलो स्वर्ण
उसुका विजय सिन्जालीले जिते स्वर्ण

नेपालले अहिले सम्म प्राप्त गरेको पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

१४. कराते (टिम फाइट, महिला)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७