नेपाली युवालाई दक्षिण अफ्रिका पुर्‍याई अलपत्र पार्ने पक्राउ


१७ पुष २०७४, सोमबार
pakrau 1

काठमाडौं: नेपाली बेरोजगार युवाहरुलाई मनग्गे कमाई हुने प्रलोभन देखाएर बिदेशमा लगी अलपत्र पार्ने मानव तस्करलाई नेपाल प्रंहरीले पक्राउ गरेको छ ।pakrau 1

मोटो कमाईको प्रलोभन देखाई सोझा युवाहरुलाई दक्षिण अफ्रिकामा पुर्‍याई अलपत्र पार्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले चन्द्रागिरीबाट शनिबार पक्राउ गरेको हो ।

ढुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी बिभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँ वा सो भन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पुर्‍याई पीडितहरुलाई बिना पारिश्रमिक काम लगाई मानसिक तथा शारीरिक यातना दिने गरेका थिए ।ढुङ्गेलले मानसिक तथा शारीरिक यातना र अभद्र ब्यवहार गरी अलपत्र पारेपछि पीडितहरु भागेर नेपाल आएको खुल्न आएको प्रहरीले जानकारी गराएको छ।

यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सोझा नेपाली युवाहरुलाई मानव तस्करहरुले बिभिन्न प्रलोभन देखाएर ठग्ने गरेका छन् । नेपालमा रोजगार समस्यालाई मानव तस्करहरुले ठगीखाने भाँडो बनाएका छन् ।स्वदेशमा रोजगार नपाउने भएपछि मानव तस्करहरुले भने अनुसार सोझा नेपाली युवाहरुले बिदेशमा रोजगारी पाउने आशमा मोटो रकम बुझाउने गरेका छन् ।

बैदेशिक रोजगार विभागले रोजगारीका लागि बिदेश जान चाहने युवाहरुलाई बैदेशिक रोजगारमा जानुपूर्व संबन्धीत ठाउँ र कम्पानीका बारेमा यथेष्ठ जानकारी लिएर मात्रै जान सल्लाह दिदै आएको छ । तथापी बिदेश जान चाहने युवाहरुले विभागको सल्लाहलाई मनन गरेको देखिदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७