वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै


२४ पुष २०७४, सोमबार
nepse photo नेपाल स्टक एक्सचेन्ज

काठमाडौँ: नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै रु चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ ।nepse photo नेपाल स्टक एक्सचेन्ज

स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ ।

लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ ।

“रु ५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उनले भने ।

बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पु¥याउने नीतिगत पहल शुरु गरेको छ ।

पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७