लकडाउनकाे पाँचौ दिन प्रहरी कडा रुपमा प्रस्तुत


१५ चैत्र २०७६, शनिबार
biswaraj pokharel

 काठमाडौं, १५ चैत । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पालना नगर्नेबिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।

लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु सडकमा निस्कीएपछि प्रहरीले थप कडाई गरेको हो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गनेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले शनिबार मात्र पाँचसय भन्दा बढिलाई नियन्त्रणमा लिएको छ ।


कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्नेहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।


स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको उनले बताए ।


त्यस्तै उनले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीहरु जुटाइएको जानकारी पनि दिए ।

सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको हो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७