गण्डकी प्रदेशमा विहानै थपिए ११ जना नयाँ कोरोना संक्रमित


११ असार २०७७, बिहीबार
korona 1

पोखरा, ११ असार । गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान थपिएका ११ संक्रमित चार जिल्लाका छन् । म्याग्दीका ६, बाग्लुङका दुई, नवलपरासी पूर्वका दुई र स्याङजाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९१ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७