साम्राज्ञीमाथि संकट


२४ असार २०७७, बुधबार
Samragyee Rajya Laxmi Shah

काठमाडौं, २४ असार । ६ वर्षअघिको कुरा कोट्याउँदै साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीमाथि आरोप लगाएपछि त्यसको प्रत्युत्तरमा भुवन केसी उत्रिएका छन् ।

उनले आफ्नो चरित्र हत्या भएको भन्दै न्यायका लागि कलाकार संघको ढोका ढक्ढक्याएका छन् । साम्राज्ञी अझै नरोकिए साइबर कानुन र मानहानीसम्बन्धी कानुन प्रयोग गरी सजायँको भागिदार बनाउनेसम्मको चेतावनी दिइएको छ ।

१७ वर्षको उमेरदेखि फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा भित्रिएका छोरी समानकी साम्राज्ञीले भुवन केसीले आफूमाथि दुर्व्यवहार गरेको, शोषण गरेको आरोपमात्र लगाइनन् । जापानमा भएको फिल्म अवार्डमा मुखै जोड्न आएको भन्दै उछित्तो काढिन् ।

४ दशकदेखि सिने निर्माण, निर्देशनमा बिताएका भुवनले आफ्नो चरित्रहत्या भएको भन्दै कलाकार संघलाई गुहारेका छन् । उनले सत्यतथ्य छानबिनको माग गर्दै १८ गते निवेदन दर्ज गराएका हुन् । उनले भनेका छन्, हरेक कथाका तीनवटा पाटा हुन्छन् । अरूको, आफ्नो र सत्यको । सत्य के हो ? त्यो अब नेपाल कलाकार संघ र कानुनले नै फैसला गर्नेछ । 

दुर्व्यवहार भएको ६ वर्षसम्म चुप लाग्नु लकडाउन र कोरोना कहरकै बीच यो कुरा उठाउनुको कारण के होला ? सिने क्षेत्रमा संलग्नहरूले चाहिँ अनमोलसँग काम गर्न नपाएको झोंक पोखिएको रूपमा हेर्न थालेका छन् । ड्रिम्समा सँगै काम गरेपछि अनमोलले साम्राज्ञीलगायत पुराना नायिकाहरूलाई लिइएका चलचित्रहरू रिजेक्ट गर्ने गरेका थिए । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७