अबको आन्दोलन एमालेविरुद्ध हुन्छ : राजेन्द्र महतो
काठमाण्डौं, १५ माघ : राष्ट्रिय जनता पार्टी नेपाला अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले संविधान संशोधनका लागि तयार नभए अबको आन्दोलन एमालेविरुद्ध हुने चेतावनी दिएका छन् ।
एमालेबाट संविधान संशोधनका विषयमा सकारात्मक धारणा नआए र सधैं वाधा पु¥याई रहे उसका विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने दावी गरे । ‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा थियो ।
आज पनि उस्तै छ’–उनले भने–‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुन्छौं ।’ अध्यक्ष महतोले २ नम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रिक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने जानकारी दिए । उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताउँदै भारत पक्षको प्रशंसा समेत गर्न भ्याए । उनले भने–‘यदि सीमासम्बन्धी विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिन्छ ।’