कता हराए प्रदेश संसदका २६ कर्मचारी ?


१८ माघ २०७४, बिहीबार
3

हेटौंडा, १८ माघ : प्रदेश नम्बर–३ का लागि सामान्य प्रशासन मन्त्रालयले संसद सञ्चालनका लागि २७ जना कर्मचारी पठाउने निर्णय गरेको छ । तर, प्रदेशसभाको बैठक हुने दिन बिहानसम्म ती कर्मचारीमध्ये एक जना मात्रै हेटौंडा देखिएका छन् ।3

संसद सचिवालयबाट प्रदेशमा खटाइएका ६ जना मर्यादापालकसहित सचिवालयका ३ जना सिनियर कर्मचारीहरु मात्रै हेटौंडामा छन् । संसद सचिवालयबाट एक महिनाका लागि सहसचिव डा. रोजनाथ पाण्डे, उपसचिव अधिराज राई र शाखा अधिकृत विनोद पौडेललाई खटाइएको छ र उनी हेटौंडा पुगिसकेको जनाइएको छ । तर, तालिम दिनेहरु कार्यस्थलमा पुगे पनि विहीबार बिहानसम्म सामान्य प्रशासन मन्त्रालयले खटाएका २६ कर्मचारीहरु तालिम लिनका लागि त्यहाँ हाजिर भएनन् । सामान्य प्रशासन मन्त्रालयले खटाएका २७ कर्मचारीमध्ये विहीबार बिहान ११ बजेसम्म एक जना कर्मचारी मात्रै सम्पर्कमा पुगेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेशमा संसदीय अभ्यास पहिलो भएकाले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणको आवश्यकता छ । तर, उनीहरु बैठक शुरु हुँदासम्म प्रदेश सचिवालयमा भेटिएनन् । यसले गर्दा केन्द्रीय संसदको सचिवालयका कर्मचारी र हेटौडाका केही सरकारी कर्मचारीकै भरमा बैठक अघि बढाउनु परेको छ । साथै आधा दर्जन मर्यादापालकहरु पनि बिहानैदेखि सभास्थलमा भेला भएर सेल्फी खिच्न व्यस्त देखिएका थिए । मन्त्रालयले पठाईसकिएको भनिएका कर्मचारी कहाँ हराए त अहिले धेरैले चासो व्यक्र गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७