ओली र प्रचण्डले आफूलाई होइन इतिहासको आवश्यकता हेर्नुपर्छ : वर्षमान पुन


१८ माघ २०७४, बिहीबार
Barsha Man Pun

ओली र प्रचण्ड आन्दोलनको आन्दोलनको विरासतहरु हो

काठमाडौं १८ माघ :  नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेतृत्वको बिषयले पार्टी एकता नरोकिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई हेरेर होइन इतिहासको आवश्यकता हेरेर पार्टी एकतामा लाग्नुपर्ने उनको भनाई छ ।

Barsha Man Pun

Barsaman pun बर्षामान पुन

विहिबार साझ विविसी नेपाली सेवासँगको कुराकानीमा माओवादी केन्द्रका प्रभावशाली नेता अनन्तले भने,‘उहाँहरु दुबैजना आन्दोलनको विरासतहरु हो, त्यसैले अहिले उहाँहरुले आफूूलाई हेर्नेभन्दा पनि इतिहासको आवश्यकतालाई हेर्ने, इतिहासको आवश्यकता भनेको आफूलाई गौण आन्दोलनलाई मुख्य बनाउने हो । उहाँहरुले पनि त्यही सोच्नुभएको छ ।’

ओली र प्रचण्डले दुबै केही माथि उठेर पार्टी र देशको नेतृत्व गर्नुपर्ने उनको भनाई छ । एकता इतिहासको आवश्यकता भएकोले दुबै नेताहरुले चौडा छाती बनाएर छलफल गर्नुपर्ने नेता अनन्तले बताए । एकताको लागि बिभिन्न मोडलमा छलफल भइरहेको उनको भनाई छ । उनले भने, ‘एकजनाले पार्टीको नेतृत्व, अर्कोले सरकारको नेतृत्व, अर्कोले पार्टीको नेतृत्व अर्कोले सरकारको नेतृत्व गर्न सकिन्छ ।’

एकता इतिहास र जनता निर्देश
एमाले र माओवादीलाई इतिहास र जनताले मिल्न निर्देश दिएको पनि उनले बताए । उनले भने, ‘हामीलाई इतिहासले मिल्नु भनेको छ, जनताले मिल्नु भनेको छ, यही कुरालाई ध्यान दिदै कैयौ कुरा सेक्रीफाइ गरेर भएपनि अघि बढ्छौं ।’

एउटै घोषणा पत्र लिएर निर्वाचन लडेको पार्टी सरकार र प्रतिपक्ष हुने कल्पना समेत नगरको उनको भनाई छ । ‘हाम्रो घोषणापत्र एउटै छ, एउटा सरकारमा बसेर अर्काे बाहिर रहने कुरा हुँदैन,’ उनले भने, ‘चलखेल भइरहेको छ तर, पार्टी एकतालाई कसैले रोक्न सक्दैन ।’
नेता अनन्तले नेतृत्वको विषय समस्या नभएको बताए । ‘अध्यक्षको मात्र प्रश्न होइन । राजनीतिक विषय हो,’ उनले भने, ‘सकारात्मक गतिमा अघि बढिरहेको छ । जनता र कार्यकर्ताले एकतालाई मानेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७